२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

शीर्ष दलहरुले सोमबारमात्रै समानुपातिकको बन्द सूची बुझाउने

काठमाडौं – शीर्ष तीन दलले सोमबार मात्रै समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाउने भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सोमबार मात्रै बन्द सूची बुझाउने भएका हुन् ।

नेपाली कांग्रेसले सामानुपातिक उम्मेदवारका लागि छलफल गरिरहेको छ । नेकपा एमाले पनि छलफलमा रहेको छ भने माओवादी केन्द्रले पनि छलफललाई तीव्र पारेको छ ।

शीर्ष दलहरु अझै निष्कर्षमा पुग्न सकेका छैनन् । माओवादीको आजको बैठकमा समानुपातिकतर्फको उम्मेदवारको बन्द सूचीका बारेमा छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेन ।

नेकपा एकीकृत समाजवादी पनि निष्कर्षमा पुग्न सकेको छैन । सम्भवतः सोमबार मात्र उसले बन्द सूची आयोगमा बुझाउने छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि सोमबार मात्रै बन्द सूची बुझाउने भएको छ ।

निर्वाचन आयोगले आइतबार र सोमबार गरी दुई दिन समानुपातिकतर्फको सूची बुझाउने कार्यतालिका तय गरेको छ । माओवादी केन्द्रका नेता गणेश साहका अनुसार सोमबार बिहान बस्ने पदाधिकारी बैठकले आवश्यक निर्णय गर्नेछ ।

Related News

राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
  • २०७९ आश्विन २

  दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...

TOP