२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

टुकुचा खोलामाथिका घर नभत्काउन उच्च अदालतको आदेश

काठमाडौँ- उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेको घरहरु नभत्काउन अल्पकालीन आदेश दिएको छ।

प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिका भोला विक्रम थापाले हालेको रिटमा सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो।

सोमबार उच्च अदालत पाटनका न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले काठमाडौं महानगरपालिका वडा नम्बर ७ को कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रीत नपुर्याइ र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो।

नारायणहिटीमुनिका टुकुचा खोलामाथि बनेका ती घरहरु जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले टुकुचा खोलालाई सुरुङ बनाएर त्यसमाथि घर निर्माण गरिएको भन्दै सुरुङ खनेर खोला निकालेका थिए।

जयनेपाल हलको पर्खाल भत्काएर टुकुचा खोला निकालेपछि अन्य ठाउँमाथि पनि घर बनाइएको भन्दै महानगरले भत्काउने तयारी गरिरहेका बेला उच्च अदालतले अल्पकालीन आदेश दिएको रजिष्टार ठगिन्द्र कट्टेलले नेपालखबरलाई जानकारी दिए।

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०७९ आश्विन २

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...

TOP