२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

अछाममा पहिरोमा परी ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार


दिपायल- अछाममा पहिरोमा परी ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार गरिएको छ । जिल्ला अस्पतालको टोलीले सम्बन्धित ठाउँमा सामुहिक पोष्टमार्टम गरिदिएपछि उनीहरूको आज सामूहिक दाहसंस्कार गरिएको अछाम प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले बताए ।

जिल्लाका विभिन्न ठाउँमा बाढी र पहिरोमा परी २३ जनाको मृत्यु भएको थियो । शुक्रबार रातीको अविरल वर्षका कारण विभिन्न ठाउँमा बाढी र पहिरोमा परी एक जना गर्भवती महिला, १७ बालबालिकासहित २३ जनाको ज्यान गएको थियो ।

जिल्लाको कमलबजार नगरपालिका ६ विपथमा ७ जना, बडा नम्बर ८ ढाँकुमा ५ जना, तुर्माखाँद ५ नाडामा ९ जना र ढकारी ६ ढुंगाचाल्ना र वडा नम्बर १ रिमामा एक÷ एक जना गरी २३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

कमलबजार ६ विरपथकी २० बर्षीया धना जनाला ६ महिनाकी गर्भवती रहेकी र पेट काटेर छोरा गर्भमा रहेको पाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

बाढी र पहिरोले ठुलो मात्रामा मानवीय र भौतिक क्षति भएको बताउँदै डिएसपी डाँगीले विवरण सङ्कलन कार्य जारी रहेको बताए ।

पहिरोमा परी घाइते ११ जना मध्ये तीन जनाको सुर्खेत र बाँकीको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ ।

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०७९ आश्विन २

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...

TOP