२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

पर्यटन मन्त्रालयका उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

साढे २२ लाख रुपैयाँसहित पक्राउ परेका नागरिक उड्डयन महाशाखामा कार्यरत उपसचिव नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेकाे हाे ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले नेपालले पाराग्लाइडिङ सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै बीबी एयरवेजबाट ६ लाख रुपैयाँ घुस लिएको बताए ।

उनले भने,’ नेपाललाई साउन १७ गते काठमाडौं महानगरपालिका–१ मनकामना मार्गको होटल अरण्यको कम्पाउण्डबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारकाे टाेलीले पक्राउ गरेको थियो । पछि उनले चढ्ने गाडीमा खानतलासी गर्दा १६ लाख ५० हजार रुपैयाँ बरामद भएकाे थियाे।’

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०७९ आश्विन २

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...