२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

भूमिहीनको पक्षमा काम गर्न सकिएन : मुख्यमन्त्री भट्ट

कैलाली- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भूमिसम्वन्धी अधिकार सङ्घीय सरकारसँग भएकाले मुक्त कमैया, कम्लहरी, मुक्त हलिया र भूमिहीनका पक्षमा धेरै काम गर्न नसकेको बताउनुभएको छ । 

शनिबार मुक्त कमैया महिला विकास मञ्च कैलालीको १५ औ साधारण सभा तथा पाँचौ अधिवेशनमा मुख्यमन्त्री भट्टले जग्गा दिन नसके पनि प्रदेश सरकारले पछाडि परेका वर्गलाई स्वरोजगारमूलक तालिम दिएको बताउनुभयो । मुक्त कमैया, कम्लहरी र मुक्त हलियालाई कस्तो किसिमको तालिमको आवश्यकता छ, सो बारे योजना ल्याउन उहाँले आग्रह गर्नुभयो ।

मुख्यमन्त्री भट्टले जग्गा अभावले सोचेतअनुसार भूमिहीनलाई जग्गा वितरण गर्न नसकिएको बताउनुभयो । त्यसमा संघीय सरकार गम्भीर हुनुपर्ने उहाँको सुझाव छ । 

मुक्त कमैया, कम्लहरी, मुक्त हलियासम्वन्धी ऐन ल्याउन पनि नसकिएको बताउँदै मुख्यमन्त्री भट्टले अध्यादेशबाट भए पनि ऐन ल्याउने प्रतिबद्धता जनाउनुभयो । 

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०७९ आश्विन १

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...

TOP