
दिपायल- डोटी लगायत सुदूरपश्चिम प्रदेशमा आज ‘बुढीपोल्ली’ पर्व मनाइँदै छ । असोज १ गते संक्रान्तिका दिन सुदूरपश्चिममा ‘बुढीपोल्ली’ अर्थात ‘बुढीपोल्ली संक्रान्ति’ लाई पर्वका रुपमा मनाउने चलन रहेको छ ।
असोज संक्रान्तिका साँझ गाउँका प्रत्येक घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बुढी हालेको’ थुप्रो पालेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा छ । यस अनुष्ठानलाइ द्वापरकालिन मथुराकी पुतनाको कथासङ्ग पनि जोडिएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा मात्रै यो ‘बूढी पोल्ने’ पर्व मनाइने गरिन्छ ।
विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसी पुतनालाई पोल्ने प्रचलन छ। किंवदन्ती अनुसार भगवान कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला–गोठालाहरुले पुतनाको शव दहन गरेको भन्ने छ । द्वापर युगमा पुतनालाई भगवान कृष्णले दूध चुसी मारेको तथा विशाक्त दुध चुस्दा पनि कृष्ण बाँचेको खुसियालीमा असोज संक्रान्तिका दिन ‘बुढीपोल्ली’ पर्व मनाइने गरिएको हो ।
भदौ संक्रान्ती अर्था ‘ओल्के’ को दिन गाउँ नजिकको जंगलजाने बाटोमा गोठालाहरु मिलेर बिचमा सल्लाको काठ हालेर त्यस वरपर रूखका हांगाबिंगा, झ्याङ्ग, झारपात, तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाउँछन् । ’जसलाई बुढी हाल्ने’ भनिन्छ । यसरी थुप्रो पारेको पुत्लालाई पुतनाको शव मानेर एकै साथ जलाउने गरिन्छ । सुदूरपश्चिमका कुनै कुनै जिल्लाहरुमा भने असोज १ गतेकै दिन बुढी हाल्ने र पोल्ने (जलाउने )गरिन्छ ।
घरबाट आगोको राँको निकाल्दा पूरै घर, गोठलाई घुमाएर निकाल्ने गरिन्छ । बुढी पोल्न जाँदा घरघरबाट काँक्रा, गेडागुडी लगायतका परिकार लगेर जान्छन । त्यहा पुगेपछि आँगो लगाएर कोलाहल गर्ने, देउडा गीत खेल्ने, ‘भोस्सो’ खेल्ने लगायतका ठाउँ अनुसार भिन्न भिन्न क्रियाकलाप गर्ने प्रचलन छ ।
अन्त्यमा घरबाट लगेका काँक्रा लगायतका खानेकुरा थोरै बाँकी राखेर जलेको बुढीमा फाल्दै थुक्ने प्रचलन छ । यसो गर्दा वर्षभरि लुतो लगायतका रोगव्याधीबाट परिवारजन मुक्त हुने मान्यता छ । बुढी पोलेर फर्किदा फर्किर हेर्नुहुन्न भन्ने मान्यता छ ।
बुढी पोलेर बाँकी रहेको मुडा फ्याक्दै ‘लुतो लैजा बुढी’ भनेर कराउने प्रचलन छ । यसो गर्दा रोगव्याधी, शरिरमा रहेको विषादी हट्ने र राक्षसको शक्ति नास हुने जनविश्वास रहेको छ ।
दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...