२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

कैलालीमा ६ सय ६० घर डुबानमा

फाइल फोटो


कैलाली– कैलालीको भजनी नगरपालिकामा साढे छ सयभन्दा बढी घर डुबानमा परेको  छ । 

सुदूरपश्चिममा तीन दिनदेखि भइरहेको अविरल वर्षाका कारण विभिन्न नदीमा बाढी आइ भजनी नगरपालिकामा डुबान भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भजनी नगरपालिकाको वडा नम्बर ५, ७, ८ मा विभिन्न गाउँका करिब ६६० घर डुबानमा परेको हो । सो पालिकाको अन्य वडामा पनि डुबान भएको छ । त्यसको विवरण आउन बाँकी रहेको जनाइएको छ । कान्द्रा, पथरैया नदीमा आएको बाढीले डुबान भएको हो । 

घरमा पानी पसे पनि मानवीय र पशुचौपाया क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उद्धार कार्यका लागि प्रभावित क्षेत्रमा प्रहरी टोली खटाइएको छ । 

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०७९ आश्विन १

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...

TOP