२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

पहिरोमा पुरिएर अछाममा चार जनाको मृत्यु

फाइल फोटो

अछाम – लगातारको वर्षाले अछाममा पहिरो घर पुरिँदा ४ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पहिरोले कमलबजार नगरपालिका–६ मा दुई घर र तुर्माखाँद गाउँपालिका–५ मा दुई घर पुरिएका प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ।

कमलबजार –६ मा पहिरोले घरभित्र पुरिएका ४ जनाको शव निकालिएको र बेपत्ता तीन जनाको खोजी भइरहेको अछाम प्रहरी प्रमुख, डीएसपी नारायण डाँगीले बताए। उनका अनुसार कमलबजारबाट ७ जनालाई जीवितै उद्धार गरिएको छ।

उता, तुर्माखाँद–५ मा पनि ९ जना बेपत्ता भएको खबर आएको डीएसपी डाँगीले बताए। त्यहाँका लागि प्रहरी घटनास्थल पुग्दै छ भने कमलबजारमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको छ। 

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७९ आश्विन १

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP