२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

अविरल वर्षाका कारण भीमदत्त र केआई सिंह राजमार्ग अवरुद्ध

दिपायल – बिहीबार रातीदेखि सुदूरपश्चिममा अविरल वर्षा भइरहेको छ। वर्षाका कारण पहिरो जाँदा भीमदत्त र केआईसिंह राजमार्ग अवरुद्ध भएको छ । कैलालीको चुरे गाउँपालिका ६ बालकोटमा भीमदत्त राजमार्ग अवरुद्ध भएको हो।

सडक अवरुद्ध भएका कारण सवारी साधनहरु अलपत्र परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

भीमदत्त राजमार्गका अन्य स्थानमा पनि स–साना पहिरोको कारण सडक अवरुद्ध भएको र खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

यता पहिरोले केआईसिंह राजमार्ग पनि अवरुद्ध भएको छ । डडेल्धुरा डोटी जोड्ने केआई सिंह राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको हो।

राजमार्गको रडुवा खोला र अन्य विभिन्न स्थानमा सडक अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। पहिरो सफा गर्ने काम भइरहेको र केही समयमा सडक सञ्चालनमा आउने प्रहरीले बताएको छ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०७९ आश्विन १

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP