२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

शिखर सरकारद्वारा नेपाल टप र नगर टप विद्यार्थी सम्मानित


दिपायल- शिखर नगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने दुई जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । शिखर नगरपालिकाका विद्यालयमा अध्ययन गरेर उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद प्रमाणपत्र र खादासहित सम्मान गरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट बिबिएम तेस्रो सेमेस्टारमा देश भरीमै सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल धरणीधर भट्ट र एसइइमा नगर भरीकै सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल धिरज बलायरलाई सम्मान गरिएको हो ।

सम्मानित भट्टले केदारेश्वर माध्यममिक विद्यालय कपल्लेकीबाट माध्यमिक तह कक्षा १० सम्म अध्ययन गरेका थिए । हाल उनि त्रिभुवन विश्वविद्यालय अन्तरगतको केएमसीमा अध्ययनरत छन् । कार्यक्रममा सम्मानित बलायरले सिद्धेश्वर माध्यमिक विद्यालय बानेडुग्रीसैनबाट एसइइ दिएका थिए ।

अध्ययनमा अझै प्रगती होस भन्दै विद्यार्थीहरुको मनोवल उच्च राख्न सम्मान गरिएको शिक्षा शाखा प्रमुख शेर बहादुर कार्कीले बताए । “शिखर नगरपालिकाको सामुदायिक विद्यालयमा अध्ययन गरेर देशभरीमै सर्वोत्कृष्ट नतिजा हासिल गर्नु सामान्य कुरो होइन,“उनले भने,“विद्यार्थी भाई धरणीधर भट्टले प्राप्त गरेको सफताले विद्यालय र समग्र शिखरको सम्मान बढेको छ ।”

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७९ भाद्र २९

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP