२०८१ चैत्र ७, बिहीबार
March 20, 2025, Thursday

अत्तरिया बसपार्कमा शंकास्पद अवस्थामा भेटीएकी महिलालाई स्थानीयले प्रहरीलाई बुझाए

अत्तरिया – कैलालीको अत्तरिया बसपार्कमा शंकास्पद अवस्थामा भेटीएकी महिलालाई स्थानीयले प्रहरीलाई बुझाएका छन् ।

केहिदिनदेखी सामाजिक संजालमा बच्चा चोर्ने महिला नेपाल भित्रीएको भन्ने हल्लाका आधारमा शंकास्पद महिलालाई स्थानीयले प्रहरीलाई बुझाएका हुन् ।

बच्चा चोरेको भन्ने प्रमाणीत नभएको तर एकजना भारतिय महिलालाई स्थानीयले प्रहरीलाई बुझाएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

बच्चा चोरेको फेला पारेको होईन तर एकजना महिलालाई स्थानीयले प्रहरीलाई बुझाएका छन् ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रविन्द्रराज पाण्डेयले भने ।

केहिदिनदेखी बच्चा चोर्ने गिरोह नेपाल भित्रीएको भन्दै सामाजिक संजालमा विभीन्न फोटो तथा भिडीयोहरु देखीएका छन् ।

ति महिलामाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०७९ भाद्र २८

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP