दिपायल- डा. गोविन्द केसीले आजबाट धनगढीमा २० औं अनशन सुरु गर्ने भएका छन् । विभिन्न मागसहित आमरण अनशन बस्नका लागि उनी सोमबार काठमाण्डौंबाट धनगढीका लागि प्रस्तान गरेका छन् ।
डा. केसीले ६ बुँदे माग अघि सार्दै सरकारलाई आजैसम्मको अल्टिमेटम दिएका थिए । सरकारले माग पूरा नगरेको भन्दै उनले २० औं अनशन सुरू गर्न लागेका हुन् । उनी आज बेलुकी ५ बजेबाट धनगढीमा अनशन बस्नेछन् । स्थान भने खुलाइएको छैन ।
डा. केसीले यसपालिको अनसनमा स्वास्थ्य सेवा सुधारदेखि जलवायु परिवर्तनका असर कम गर्नुपर्ने जस्ता मागहरू अघि सारेका छन् ।
१) स्वास्थ्य सेवामा सुधारका लागि तोकिएको दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाइयोस्।
२) जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरियोस्।
३) संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरे लगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरियोस्।
४) सरकारले तोकेको सूची अनुसारका सबै निःशुल्क औषधिहरू आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गरियोस्।
५) स्थानीय निकायको बजेटको कम्तीमा आधा हिस्सा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवस्था गरियोस्।
६) देशभर दिगो स्वास्थ्य सेवा पुर्याउनका लागि ठूलो संख्यामा स्थायी चिकित्सक र स्वास्थ्यकर्मीहरुको नियुक्ति गरियोस्।
दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...