२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

कोरोना संक्रमित भेटिएको वीरगञ्जको छपकैया क्षेत्र शिलबन्दी

वीरगञ्ज– कारोना भाइरस फैलिन नदिन तथा थप व्यक्तिहरुको खोजीका लागि वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैया टोललाई सिल गरिएको छ।

छपकैयामा बसेका ३ जना भारतीय नागरिकलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएसँगै सो क्षेत्रलाई स्थानीय प्रशासनले सिल गरेको हो।

जिल्ला प्रशासन कार्यालय पर्सामा सुरक्षा प्रमुख तथा सरोकारवालाहरुसहित बसेको बैठकले छपकैया क्षेत्रलाई सिल गर्ने निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए।

छपकैयासँगै आसपासका वडा नम्बर १ ,३ र १६ का केही भागहरुमा समेत सिल गरिएको बस्नेतले बताए। बैठकले संक्रमितहरुसित सम्पर्कमा आएका व्यक्तिहरुको खोजी कार्यलाई तीब्र पारिने पनि निर्णय गरिएको उनले बताए।

यस्तै बैठकले वीरगञ्जमा छुटै कोरोना विशेष अस्पताल पनि बनाउने निर्णय गरिको उनले जानकारी दिए।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छपकैयाको मस्जिदमा बसेका ३ जना भारतीयहरुमा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको थियो।

कारोना संक्रमण पुष्टि भएपछि अहिले तीनै जनालाई नारायणी अस्पतालको आइसोलेशनमा राखिएको छ। कोरोना संक्रमण भेटिएका ३ जनामध्ये २ जना भारत उत्तर प्रदेश र एक जना दिल्लीका बासिन्दा हुन्।

नारायणी अस्पतालमा जाँच गराएपछि उनीहरुमा कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि अस्पतालले उनीहरुको स्वाब संकलन गरी परिक्षणको लागि हेटाैँडा पठाएको थियो।

त्यहाँ उनीहरुमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको थियो। तर थप परीक्षणका उनीहरुको नमुना काठमाडौँ पठाइएको थियो।

काठमाडौँमा परीक्षण गर्दा पनि उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७६ चैत्र ३०

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP