दार्चुला – दार्चुलामा अविरल वर्षापछि आएको पहिरोमा पुरिएर बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ ।
नौगाड गाउँपालिकामा तीन र महाकाली नगरपालिकामा दुई गरेर पाँच जनाको शव भेटिएको छ भने ७ जना अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार नौगाड गाउँपालिका–२ बस्ने १५ वर्षीया धनुली ठगुन्ना, ३२ वर्षीया जानकी ठगुन्ना, ६८ वर्षीय मोहनराम पार्कीको महाकाली नगरपालिका–१ सल्ला बस्ने ४३ वर्षीया मानमती कार्की र २ बस्ने ७७ वर्षीय नन्दराम बोहराको शव भेटिएको हो ।
महाकाली नगरपालिका–१ का धनसिंह कार्की, उनका छोरा दीपक कार्की र दिनेश कार्कीसहित ३ जना भने बेपत्ता छन् । उनीहरुको घर पहिरोले पुरिएको छ । महाकाली नगरपालिका–२ मैखोली बस्ने ६३ वर्षीया मानमती शाहु बेपत्ता छिन भने उनका श्रीमान् ६४ वर्षीय हर्कसिंह शाहुलाई घाइते अवस्थामा उद्दार गरिएको छ । पहिरोमा परेर बेपत्ता भएको अन्य तीन जनाको परिचय खुलेको छैन ।
यस्तै पहिरोमा परेर पाँच जना घाइते भएका छन्। घाइते हुनेमा बीरा ठगुन्ना, फागुनी ठगुन्ना, रम्भा ठगुन्ना, महामती ठगुन्ना र पावर्ती ठगुन्ना रहेका छन्।
पहिरोका कारण ८ घर पुरिएका छन्। पहिरो पन्छाउन सुरक्षाकर्मीसहितको टोली अहिले घटनास्थलतर्फ गइरहेको प्रहरीले जनाएको छ।
त्यस्तै दार्चुला सदरमुकामस्थित महाकाली र लास्कु नदीमा आएको बाढीले १४ घर बगाएको छ।
दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...