२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

डोटीमा सम्बन्धविच्छेदका घटना बढ्दै

डोटी- डोटी जिल्लामा सम्बन्धविच्छेदका घटना बढ्दै गएको एक तथ्यांकले देखाएको छ । जिल्ला अदालत डोटी बाट उपलब्ध तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको दुई महिना नपुग्दै सम्बन्धविच्छेदका ७ मुद्दा दर्ता भइसकेका छन् । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा सम्बन्धबिच्छेदका लागि २५ वटा निवेदन दर्ता भएकोमा ०७७/०७८ मा १६ र ०७६/०७७ मा १३ वटा सम्बन्धविच्छेदका निवेदन दर्ता भएका थिए ।

सम्बन्धविच्छेद गराउनेमा २० देखि ३५ वर्ष उमेर समूहका दम्पती बढी देखिएका छन् । पछिल्लो समयमा मोबाइल फोनले पनि सम्बन्धविच्छेदलाई बढावा दिएको कानुन व्यवसायी नवराज भट्टले बताए । उनले भर्ने ‘कहिलेकाहीँ गल्तीले पनि अन्जान व्यक्तिको फोन आउन सक्छ ।

सोही कुरालाई लिएर श्रीमान्श्रीमती बीच विवाद सुरु हुन्छ । सामाजिक सञ्जालमा कुनै केटाले साथी बन्नका लागि अनुरोध पठाएकै कारण पनि सम्बन्धविच्छेदको अवस्था आएको मैले देखेको छु ।’

डोटी सम्बन्धविच्छेद गर्ने पुरुषको सङ्ख्यामा पनि वृद्धि भइरहेको भए पनि सङ्ख्यात्मक रूपमा हेर्दा सम्बन्धविच्छेद गराउनेमा महिला नै बढी छन् । चालू आर्थिक वर्षमा दर्ता भएका सम्बन्ध विच्छेदका सात निवेदन पत्रमध्ये तीन पुरुषले दर्ता गरेका छन् भने चार महिलाले दर्ता गराएका छन् ।

उमेर नपुग्दै गरिने भागी विवाह, मदिरा, वैदेशिक रोजगारी लगायतका कारणले पनि सम्बन्ध विच्छेदका घटना बढ्ने गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले बताए।

प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार ‘श्रीमान्ले मदिरा सेवन गरेर श्रीमतीमाथि कुटपिट गर्दा श्रीमतीले सधैँ हिंसा सहनुभन्दा छुट्टिएर बस्नु उपयुक्त ठान्छिन् । उनि भन्छिन विवाह के हो, परिवार के हो भन्ने विषयमा बुझेकै हुँदैनन्, सानै उमेरमा बिहे हुन्छ, जान्ने भइसकेपछि कुरा मिल्दैन, छुट्टिन खोज्छन् ।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०७९ भाद्र २४

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP