२०८१ असार ३०, आईतवार
July 14, 2024, Sunday

प्रहरीलाई ड्युटीमा मोबाइल प्रयोग गर्न रोक, टिकटक बनाउने ४० प्रहरीमाथी कारवाही


काठमाडौं । गत ८ भदौमा नख्खु कारागारको सुरक्षामा खटिएका प्रहरी कैदी भोला बुढाथोकीलाई लिएर त्रिवि शिक्षण अस्पताल गएका थिए । कैदी आँखाको जाँचका लागि चिकित्सकको कोठाभित्र छिरे । उनको सुरक्षामा खटिएका प्रहरी बाहिर मोबाइल चलाउन थाले ।

मोबाइलमा रमाउँदारमाउँदै कैदी कतिखेर निस्किए, उनीहरूले चालै पाएनन् । ढोकामै बसेका उनीहरूले बुढाथोकी चिकित्सकको कोठाबाट निस्किएर अलि पर पुगेपछि मात्र देखे । पछ्याउने क्रममा कैदीलाई उनीहरूले भेट्टाउन सकेनन्, मोटरसाइकल चढेर फराए भए ।

यो घटनापछि कारागारमा कार्यरत प्रहरीलाई ड्युटीको समयमा मोबाइल बोक्नै रोक लगाइएको छ । कमान्डरबाहेक अन्य प्रहरीलाई मोबाइल बोक्न रोक लगाइएको उपत्यकाका कारागारको सुरक्षा हेर्ने अनाश्रित गुल्मका डिएसपी कुमारविक्रम थापाले बताए । मोबाइल चलाउँदा ड्युटीमा खटिने प्रहरीको ध्यान काममा केन्द्रित नहुने भएपछि मोबाइल बोक्न रोक लगाइएको उनको भनाइ छ ।

ड्युटीको समयमा अफिसियल कामबाहेकमा प्रहरीलाई मोबाइल प्रयोग गर्न निषेध गरिएको नेपाल प्रहरीका प्रवक्तासमेत रहेका डिआइजी टेकप्रसाद राईले बताए । ड्युटीमा मोबाइल प्रयोग गर्नै परे कमान्डरबाट अनुमति लिनुपर्ने उनको भनाई छ ।

सो घटनामा संलग्न हवल्दार र जवानलाई निलम्बन गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयले छानबिन गरिरहेको छ । चेकजाँच गरेर निस्कँदा दुवै प्रहरी मोबाइलमा व्यस्त भएकाले आफू सहजै भागेको कैदी बुढाथोकीले बताएका छन् ।

उनलाई भोलिपल्टै प्रहरीले ललितपुरको लुभु बसपार्कबाट पक्राउ गरेको थियो । उनी कर्तव्य ज्यान मुद्दामा कारागारमा थिए । उपत्यका प्रहरी कार्यालयले एसपी देवेन्द्र पालको नेतृत्वमा घटनाको छानबिन गरिरहेको छ । समितिले मोबाइल प्रयोगबारे पनि बुझिरहेको छ ।

मोबाइल प्रयोगका कारण प्रहरीको काम प्रभावित भएको यो मात्रै घटना होइन । मोबाइलको लतका कारण विगतमा पनि पटक–पटक त्रुटि भएका छन् । जसमा धेरै प्रहरी कर्मचारी कारबाहीमा परेका छन् ।

‘ड्युटीको समयमा अफिसियल कामबाहेकमा प्रहरीलाई मोबाइल प्रयोग गर्न निषेध छ,’ प्रवक्ता राईले भने, ‘यसमा धेरै प्रहरी कारबाहीमा पनि परेका छन् ।’ खासगरी लामो समय सडकमा खटिने ट्राफिक प्रहरीमाथि मोबाइल प्रयोगको आरोपमा धेरै छानबिन भएको छ । प्रहरी प्रधान कार्यालयले तल्लो तहका प्रहरीलाई ड्युटीको समयमा मोबाइल प्रयोग नगर्न परिपत्र गर्दै आएको छ ।

Related News

सिमलताल पहिरो: तीन वटै शवको पहिचान
सिमलताल पहिरो: तीन वटै शवको पहिचान
  • २०७९ भाद्र १६

चितवन– नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ...

TOP