२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

राष्ट्रपतिले फिर्ता पठाइएको नागरिकता विधेयक विधायन समितिबाट पारित

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आज बसेको बैठकले नागरिकता विधेयक २०७९ लाई बहुमतले पारित गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देश सहित पुनर्विचारका लागि संसदमा फिर्ता पठाइएको नागरिकता विधेयक माथिको छलफलपछि विधायन समितिको आजको बैठकले प्रस्तुत रुपमा नै विधेयकलाई बहुमतले पारित गरेको हो ।

सरकारले अगाडि बढाएको नागरिकता विधेयक २०७९ लाई समितिको आजको बैठकमा समितिका सभापति नारायणदत्त मिश्रले निर्णयार्थ प्रस्तुत गर्दा समितिको बैठकले बहुमतले सो विधेयकलाई प्रस्तुत रुपमा नै पारित गरेको हो ।

विधेयकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु सहित केही सांसदले भने फरक मत राख्नुभएको थियो ।

विधेयक माथिको छलफलमा भाग लिँदै अधिकांश सांसदहरुले नागरिकता विहीन नेपाली नागरिकलाई नागरिकता प्रदान गर्न यो विधेयक ल्याइएकाले समयलाई मध्यनजर गर्दै विधेयकलाई छिटो भन्दा छिटो टुङ्गोमा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०७९ भाद्र १५

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP