२०८१ असार ३१, सोमबार
July 15, 2024, Monday

बैतडीमा चितुवाको आक्रमणबाट १३ बर्षीय बालक घाइते

बैतडी- बैतडीमा चितुवाको आक्रमणमा परी १३ बर्षीय बालक घाइते भएका छन् । घाईते हुनेमा जिल्लाको शिवनाथ गाउँपालिका वडा नं ६ बसेडीका १३ बर्षीय पारस धनाडी रहेका छन ।

मणिलेक मावि काँडा मेलौलीमा कक्षा ९ मा अध्ययनरत १३ बर्षीयधनाडी मंगलबार बिहान विद्यालय जाने क्रममा धनाडीमाथि चितुवाले बसेडी ठाडाइजर भन्ने ठाउँमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

उनको टाउको, गर्धन र कम्मरमा चोट लागेको बताइएको छ । घाइते धनाडीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।

Related News

रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
  • २०७९ भाद्र ७

दिपायल-  रेडियो नेपाललले बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण गर्न...

TOP