२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

विप्लवसहितका चार पार्टीद्वारा भोलि नेपालबन्दको घोषणा


दिपायल – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित विभिन्न चार दलले भोलि (मंगलबार) नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।
सरकार र पार्टीबीच भएको तीन बुँदे सहमति उल्लंघनन गरिएको, नेता तथा कार्यकर्ताहरुमाथि पक्राउ पुर्जी जारी गरिएको, एमसिसी, महंगी र राष्ट्रघाति सन्धि/सम्झौताविरुद्ध संघर्ष सुरु गर्ने भन्दै ती पार्टीले भोलिको लागि नेपाल बन्दको घोषणा गरेको हो ।
ती पार्टीले तीन बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न र पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गरेका छन् ।

पार्टीको केन्द्रीय निर्णय अनुसार डोटीमा पनि भोलि नेपाल बन्द गरिने नेपाल कम्युनिष्ट पार्टी डोटीले जनाएको छ । पार्टीका जिल्ला सचिवद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा अत्यावस्यक बाहेकका सवारी सञ्चालन गरेमा त्यसबाट हुने क्षितिको जिम्मेवारी स्वयं व्यक्ति र राज्यले लिनुपर्ने उल्लेख छ।

Related News

प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
  • २०७९ भाद्र ६

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल...

TOP