२०८१ श्रावण ३, बिहीबार
July 18, 2024, Thursday

खोलाले बगाउँदा बालिकाको मृत्यु


दिपायल- डोटीमा एक बालिकाको खोलामा बगेर मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिका- ६ रौकलाकी ९ वर्षीया छोरी सिता साउँदको खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गाउँ जजिकैको जंगलमा गोरु चराउन गएकी सिता खोला तर्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी थिइन् । बेपत्ता सिताको शव सोमबार मात्रै फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टले जानकारी दिए ।

Related News

बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
  • २०७९ श्रावण ३०

दिपायल- सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुधार गृह छ ।...

TOP