२०८० चैत्र ६, मंगलवार
March 19, 2024, Tuesday

अपाङ्ग अधिकार मञ्च नेपालको अध्यक्षमा शारदा विष्ट


दिपायल – अपाङ्गका सवालमा काम गर्दै आइरहेको संस्था अपाङ्ग अधिकार मञ्च नेपालको अध्यक्षमा शारदा विष्ट निर्वाचित भएकी छिन् । संस्थाको प्रथम अधिवेशनबाट विष्टको नेतृत्वमा ९ सदस्यीय समिति निर्विरोध निर्वाचित भएको छ ।

मञ्चको उपाध्यक्षमा रमेश बहादुर खड्का, सचिवमा प्रसाद खड्का, कोषाध्यक्षमा धौली देवी कठायत र सह- सचिवमा हर्क बहादुर खड्का निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा सञ्जी नेपाली, काली देवी खड्का, राम देवी ओझा र गौरीलाल पार्की निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित विष्ट स्थापक अध्यक्ष हुन् । संस्थाले अपाङ्गता भएका व्यक्तिहरू नेतृत्व विकास, हक हितमा काम गर्दै आइरहेको छ ।

Related News

१० हजारको बिमाबाट प्राप्त भयो ५ लाख
१० हजारको बिमाबाट प्राप्त भयो ५ लाख
  • २०७९ श्रावण २७

दिपायल – शिखर नगरपालिका- ६ कोटकी चन्नरी देवी लुहारले २०८०...

TOP