२०७९ आश्विन १७, सोमबार
October 3, 2022, Monday

भूमि आयोग जिल्ला समिति डोटीका सदस्यद्वारा पदभार ग्रहण

दिपायल- राष्ट्रिय भूमि आयोग जिल्ला समिति डोटीका सदस्यले सपथ तथा पदभार ग्रहण गरेका छन् । बुधबार कार्यालयमा आयोजित एक कार्यक्रमका विच विज्ञ सदस्यमा रोशन कठायत र सदस्य मिना दमाइले पदभार ग्रहण गरेका हुन् ।
भूमिसम्बन्धी समस्या समाधान गर्न गठित आयोगका जिल्ला अध्यक्ष जंग बहादुर बिकले दुवैजनालाई सपथ ग्रहण गराएका हुन् ।



भूमिहीन दलित र सुकुम्बासीलाई निष्पक्ष भएर जग्गा उपलब्ध गराउन सहयोग गर्ने बताउँदै कठायतले भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीलगायतको हितमा काम गर्ने बताए । उनले वास्तविक पीडितलाई जग्गा उपलब्ध गराउन सबै दल र सरोकारवालाको साथ, समन्वय र सकार्यमा काम गर्ने बताए ।

Related News

आइतबार सिलगढी सांस्कृतिक कार्यक्रम हुने
आइतबार सिलगढी सांस्कृतिक कार्यक्रम हुने
  • २०७९ श्रावण २५

दिपायल – हिन्दुहरूको महान् चाड वडा दशैं, दीपावली तथा छठ पर्वको...

TOP