२०८१ असार २९, शनिबार
July 13, 2024, Saturday

राष्ट्रिय भूमि आयोग जिल्ला समिति डोटीको विज्ञ सदस्यमा कठायत नियुक्त

दिपायल- राष्ट्रिय भूमि आयोग जिल्ला समिति डोटीको विज्ञ सदस्यमा रोशन कठायत नियुक्त भएका छन् । भूमिसम्बन्धी समस्या समाधान गर्न गठित आयोगले उनलाई विज्ञ सदस्यमा नियुक्त गरेको हो ।

कठायतसँगै जिल्ला समितिको सदस्यमा मिना दमाइलाई नियुक्त गरिएको छ ।

कठायत नेपाली कांग्रेसका दिपायल सिलगढी नगरपालिकाका नगर कमिटि सचिव हुन् भने दमाइ नेकपा (माओवादी केन्द्र) का नगरकमिटि उपाध्यक्ष हुन् ।

कठायत नेपाल विद्यार्थीसंघ, तरुण दल हुँदै पार्टीको राजनीतिमा सक्रिय युवा हुन् ।

भूमिहीन दलित र सुकुम्बासीलाई निष्पक्ष भएर जग्गा उपलब्ध गराउन सहयोग गर्ने बताउँदै कठायतले भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीलगायतको हितमा काम गर्ने बताए । उनले वास्तविक पीडितलाई जग्गा उपलब्ध गराउन सबै दल र सरोकारवालाको साथ, समन्वय र सकार्यमा काम गर्ने बताए ।

सरकारले यस अघि भूमिसम्बन्धी समस्या समाधान आयोग डोटीको अध्यक्षमा जंग बहादुर बिक –शैलेन्द्र) लाई नियुक्त गरेको थियो । उनी नेकपा (माओवादी केन्द्र) का पूर्व जिल्ला संयोजक हुन् ।

Related News

त्रिशूलीमा खसेका थप दुई यात्रुको श*व नारायणी नदीमा भेटियो
त्रिशूलीमा खसेका थप दुई यात्रुको श*व नारायणी नदीमा भेटियो
  • २०७९ श्रावण २३

काठमाडौं– नारायणी नदी किनारामा थप दुइटा शव फेला परेको छ...

TOP