२०८१ असार २९, शनिबार
July 13, 2024, Saturday

मिडियाले उठाएका मुद्दालाई प्राथमिकता दिन्छौं : प्रहरी प्रमुख धमला


दिपायल- जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले मिडियाले उठाएका मुद्दालाई प्राथमिकताका साथ हेर्ने बताए । जिल्ला प्रहरी कार्यालयमा योजित पत्रकारहरुसँग परियाचयात्मक कार्यक्रममा बोल्दै उनले मिडियाले प्रकाशन, प्रसारण गरेका समाचार सामग्री र सूचनालाई प्राथमिकता दिएर सो घटनाका सम्बन्धमा अनुसन्धान र छानविन गरिने बताएका हुन् ।

पत्रकारहरुसँग आवश्यक समन्वय सहकार्य गर्दै सहज सूचना सम्प्रेषणका लागि पहल गर्ने प्रतिवद्धता सहित प्रहरी उपरीक्षक धमलाले जिल्लामा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणका लागि पत्रकारहरुको पनि सहयोग चाहिने बताए ।‘प्रहरीले नियन्त्रण गर्नु पर्ने घटनाहरुका विषयमा जानकारी गराउँन, सूचना दिन मिडियाकर्मी लगायत आम नागरिकले सिधै मलाई फोन वा भिडियो कल गर्नसक्नु हुने छ,‘उनले भने,‘सूचना दिने व्यक्तिको विवरण गोप्य राखेर अपराधमा संलग्न व्यक्तिहरुलाई तुरुन्त कारबाहीको दायरामा ल्याइने छ ।’

कार्यक्रममा उपस्थित पत्रकारहरुले जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, जन गुनासा, प्रहरी र सञ्चारकर्मीको विगत देखिको सम्बन्ध, समन्वय र सूचना आदनप्रदानको अवस्थाका बारेमा जानकारी गराएका थिए । प्रहरीले जिल्लामा हुने अपराधका घटना, अपराधमा संलग्न व्यक्तिहरु, प्रहरीको कारबाही लगायतका घटना पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्नु पर्ने पत्रकारहरुको माग रहेको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयको विभिन्न जिम्मेबारी सम्हालीरहेका प्रहरी प्रमुख धमला, प्रहरी नायव उपरीक्षक भोला भट्ट, प्रहरी निरीक्षक देवेन्द्र राज जोशी र जिल्लामा क्रियासिल पत्रकारहरुका बीच परिचय हुनुका साथै समन्वय र सहकार्यमा अगाडी बढ्नेबारे छलफल भएको थियो ।
प्रहरी उपरीक्षक धमलाले भर्खरै मात्र जिल्ला प्रहरी कार्यालय डोटीमा प्रहरी प्रमुखको जिम्मेबारी पाएका हुन् ।

Related News

त्रिशूलीमा खसेका थप दुई यात्रुको श*व नारायणी नदीमा भेटियो
त्रिशूलीमा खसेका थप दुई यात्रुको श*व नारायणी नदीमा भेटियो
  • २०७९ श्रावण २३

काठमाडौं– नारायणी नदी किनारामा थप दुइटा शव फेला परेको छ...

TOP