कैलाली–उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारकाे प्रमुख दायित्व संघ र प्रदेशकाे निर्वाचन सम्पन्न गराउनु रहेकाे बताएका छन्।
उनले सरकारले आगामी मंसिर ४ गते निर्वाचनकाे मिति घाेषणा गरिसकेकाले त्यसकै तयारीमा जुटेकाे बताए। शुक्रबार धनगढी बिमानस्थलमा आयाेजित पत्रकार सम्मेलनमा मन्त्री बडूले विगतको केपी ओलीको सरकारले संसदको अवधि पुर्णता दिन नचाहेकाले पटक –पटक संसद विघटन गरेकाले संसद र संविधान खतरामा परेपछि संविधानको रक्षाका लागि संसदको रक्षाका लागि यो सरकार बनेको बताए।
‘संविधानको रक्षा गर्न संविधान सम्मत ढंगले संसदलाई पूर्णकाल चलाउने र पूर्णकाल चलाइसकेपछि तिनै तहका निर्वाचन सम्पन्न गर्ने दायित्व बर्तमान सरकारमा छ’ उनले भने, ‘संसदले पूर्णता पाएको छ र मुलुकको संविधानको रक्षा भएको छ। चुनावसम्म गठबन्धन यथावत नै रहन्छ, ’मन्त्री बडूले भने, ‘मुलुक निर्वाचन पछि पनि एक साथ जानुपर्न हुन सक्दछ।’
मन्त्री बडूले रााष्ट्रिय उत्पादन बढाउनका लागि भएका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र बन्द रहेका उद्योगलाई सञ्चालनमा ल्याइए मात्रै औद्योगिक उत्पादन बढ्न सक्ने बताएका छन्।
उनले सञ्चालनमा रहेका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र बन्द अवस्थामा रहेका उद्योगलाई सञ्चालनमा ल्याइएमा उत्पादन बढ्नुका साथै जनतालाई केही हदसम्म भए पनि रोजगारीको अवस्था सिर्जना गर्नमा मद्दत मिल्ने बताए। मन्त्री बडूले सरकारले मात्रै सबै उद्योग चलाउन नसक्ने बताए।
‘सरकारले मात्रै सबै उद्योग चलाउन सक्दैन बरु अब सरकार र निजी क्षेत्रको साझेदारीमा वा केही उद्योग अझ पूर्णरुपमा लिजमा दिएर सञ्चालन गरिए राजस्वमा योगदान पुग्न सक्दछ’ मन्त्री बडूले भने, ‘यसरी निजी क्षेत्रले सञ्चालन गरिदियो भने रोजगारी तथा राजस्व बढ्छ र राष्ट्रिय उत्पादन पनि बढ्छ।’
उनले भएका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र रुग्ण उद्योगलाई सञ्चालनका निमित्त विभिन्न मोडेलमा सञ्चालन गरिने तयारी सरकारले अगाढी बढाएकाे बताए।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...