२०८१ बैशाख ८, शनिबार
April 20, 2024, Saturday

माेटरसाइकल दुर्घटनामा एक जनाकाे मृत्यु

कञ्चनपुर – मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ। बुधबार राति पुर्नवास नगरपालिका- ११ मा से६प २२३० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही नगरपालिकाको वडा नम्बर ५ का ५५ वर्षीय गोपाल आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ।

कञ्चनपुरकै डोकेबजारबाट टाउन बजारतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना हुँदा उनी घाइते भएका थिए।

त्यसपछि उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लग्ने क्रममा उनकाे बाटाेमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएकाे छ।

Related News

प्रभावकारी न्याय सम्पादन मेरो प्रमुख जिम्मेवारी : प्रधान न्यायाधीश
प्रभावकारी न्याय सम्पादन मेरो प्रमुख जिम्मेवारी : प्रधान न्यायाधीश
  • २०७९ श्रावण १९

दिपायल- प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले प्रभावकारी न्याय सम्पादन गर्नु आफ्नो...

TOP