दिपायल – नृत्य निर्देशक राम रावल नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको विभागीय सदस्यमा मनोनीत भएका छन् ।
रावल नेपाली कांग्रेसका प्रदेश सदस्य सुरत रावत (डोटेली कान्छा) संयोजक रहेको भाषा, साहित्य, कला तथा संस्कृति विभागको सदस्यमा मनोनीत भएका हुन् ।
कांग्रेस प्रदेश सभापति वीर बहादुर बलायरद्वारा हस्ताक्षर गरिएको मनोनीत पत्रमा पार्टीलाई थप मजबुत, सुदृढ एवं गतिशील बनाउन योगदान पुगाउनेमा विश्वास व्यक्त गरिएको छ ।
लामो समय देखि कलाकारिता क्षेत्रमा आबद्ध रावल नृत्य निर्देशक एवं नृत्य शिक्षक हुन् । उनले मौलिक नृत्य निर्देशन गर्नुका साथै विभिन्न ठाउँमा डान्स क्लब खोलेर डान्स सिकाउने गरेका छन्। उनी नेपाल सांस्कृतिक संघ डोटीका उपाध्यक्ष हुन । शिक्षण पेशामा आबद्ध रावल शिक्षक महासंघमा पनि आबद्ध छन् ।
दिपायल, वैशाख १७ गते । डोटीमा इभि हाइस दुर्घटना हुँदा...