दिपायल – गायक, सर्जक केशवराज फुलारा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको विभागीय सदस्यमा मनोनीत भएका छन् ।
फुलारा नेपाली कांग्रेसका प्रदेश सदस्य सुरत रावत (डोटेली कान्छा) संयोजक रहेको भाषा, साहित्य, कला तथा संस्कृति विभागको सदस्यमा मनोनीत भएका हुन् ।
कांग्रेस प्रदेश सभापति वीर बहादुर बलायरद्वारा हस्ताक्षर गरिएको मनोनीत पत्रमा पार्टीलाई थप मजबुत, सुदृढ एवं गतिशील बनाउन योगदान पुगाउनेमा विश्वास व्यक्त गरिएको छ ।
लामो समय देखि कलाकारिता क्षेत्रमा आबद्ध फुलाराले दर्जनौं देउडा गीतहरूमा आवाज दिनुका साथै थुप्रै गीतहरु सृजना गरेका छन् ।
दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...