२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

मदिरा सेवन र बिक्री वितरण गर्नेले १५ देखि ३० दिन सम्म ढुङ्गा बोक्नु पर्ने


दिपायल – डोटीको केआईसिंह गाउँपालिकाको वडा नम्बर ७ ले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ। वडाले मदिरा सेवन गर्नेलाई पन्ध्र दिन र बिक्री गर्नेलाई एक महिना वडा कार्यालयसम्म ढुङ्गा बोकाउने निर्णय गरेको हो। 

वडामा मदिरा बिक्री वितरण गर्ने व्यापारी तथा वडावासी सँगको छलफल पश्चात् फरक किसिमको कारबाही गर्ने निर्णय गरेको वडा अध्यक्ष दिल बहादुर बलायरले बताए । 

उनले भने ,´जेठ १२ गते वडामा पूर्णरुपमा मदिरा बन्द गर्ने निर्णय गरेका छौं । मदिरा जुवा तास बन्द गराउँदा गाउँ समाजमा झैझगडा, अशान्ति हुने छैन ।,´उनले थपे ,´अन्य कारबाहीले खासै समाधान नहुने हुँदा सार्वजनिक ठाउँमा ढुङ्गा बोकाउँदा लाजले पनि नगर्ला भनेर यस्तो निर्णय गर्न बाध्य भएका हौँ । यो निर्णयले केही नियन्त्रण भएको छ। गाडीमा मदिरा ओसारपसार गर्नेलाई समेत एक महिना गाडी होल्ड राख्नु पर्ने निर्णय समेत गरेका छौं ।´

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०७९ श्रावण २

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP