२०८२ बैशाख ६, शनिबार
April 19, 2025, Saturday

दिपायल सिलगढीको नगर बस सिलगढी देखि राजपुर सम्म दैनिक सञ्चालन हुने

दिपायल- दिपायल सिलगढी नगरपालिकाले नगर बसको सेवा थप गरेको छ । यस अघि सिलगढीबाट दिपायल सम्म सञ्चालन हुँदै आएको नगर बस आइतबारबाट सिलगढी देखि राजपुर सम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

आइतबार राजपुर सम्म नगर बस सञ्चालन भए पछि नगर विकास समितिका कार्यबाहक अध्यक्ष विरेन्द्र शाहले चालकलाई स्वागत गरेका थिए । नगरको वडा नं. ४ राजपुरका स्थानीयहरुलाई सिलगढी आवतजावत गर्न अफ्ठेरो परेपछि पिपल्ला आउने बसलाई दैनिक राजपुर सम्म सेवा दिने गरी सञ्चालनमा ल्याईएको उनले बताए ।

कालोपत्रे सडक भएका अन्य वडाहरुमा पनि नगर बस सेवा सञ्चालनमा ल्याइने नगरपालिकाले जनाएको छ ।

Related News

नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
  • २०७९ श्रावण १

दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...

TOP