२०८१ पुष २८, आईतवार
January 12, 2025, Sunday

सम्भावित विपद् व्यवस्थापनका लागि शिखर सरकारको पूर्व तयारी, सुरक्षाकर्मीलाई सामग्री हस्तान्तरण


दिपायल – शिखर नगरपालिकाले सुरक्षाकर्मीलाई खोज तथा उद्दार सामग्री हस्तान्तरण गरेको छ। बदलिँदो मौसमका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै खोज तथा उद्दारमा सहयोग पुगोस् भन्ने उद्येश्यले सामग्री हस्तान्तरण गरिएको हो ।

शुक्रबार नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख दीर्घ बलायरले प्रहरी चौकीलाई सामग्री हस्तान्तरण गरेका हुन्।

नगरपालिकाको वडा नं. १० मा रहेको तिलताली प्रहरी चौकी र वडा नं ६ मा रहेको तल्कोट प्रहरी चौकीलाई सामग्री हस्तान्तरण गरिएको नगरपालिकाका प्रवक्ता दीर्घ सिंहले बताए । खोज तथा उद्दारमा चाहिने हेल्मेट, लाइफ ज्याकेट, रेनकोट, टर्च, पन्जा, चस्मा, मेघा फोन, वुट, सिट्टी, गैटी, वेल्चा, सव्वल लगायतका सामाग्री वितरण गरिएको उनले बताए ।

नगरपालिकाको नदी र खोला किनारका बस्तीहरू बाढी र माथिल्लो भेगका बस्तीहरू पहिरोको उच्च जोखिममा रहेको नगरप्रमुख बलायरले बताए । पिपद आइहाल्यो भने तत्काल खोज तथा उद्दारका लागि जनशक्ति परिचालन गर्न सजिलो होस् भन्ने उद्देश्य राखेर सुरक्षाकर्मीलाई सामग्री उपलब्ध गराइएको उनले बताए। खोज तथा उद्दारमा स्थानीय युवाहरुलाई समेत परिचालन गर्ने गरी उनीहरुको लागि तालिमको व्यवस्था गरिने नगर प्रमुख बलायरले बताए ।

Related News

पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
  • २०७९ असार १८

दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...

TOP