२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

बुढीतोलामा लुटिए कर्मचारी : लुटपाट र कुटपिट पछि बाँधेर छाडियो

दिपायल- महेन्द्रनगरबाट डडेल्धुरा आउँदै गरेका एक कर्मचारी कैलालीमा लुटिएका छन् । जिल्लाको गोदावरी नगरपालिका–५ स्थित बुढीतोलामा डेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी लुटिएका हुन् ।

कञ्चनपुरको दैजी घर भएका कम्प्युटर अपरेटर भण्डारी आईतबार महेन्द्रनगरबाट डडेल्धुरा जान हिडेका थिए । तर, गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट र कुटपिट भएको छ । भण्डारीलाई प्रहरीले हात र मुख बाँधेर राखेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

लुटेराहरुले लुटपाट गरेर बाँधेर छाडेको पीडित भण्डारीले बताए ।

घाइते भण्डारीको अत्तरीया स्थित पदमा अस्पतालमा उपचार भैरहेको छ । भण्डारीको टाउको र शरिरमा चोट लागेको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको र लुटेराको खोजि गरिरहेको जनाएको छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७९ असार १३

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP