२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026, Sunday

दिसिनपाका २७ वटा आधारभुत विद्यालयलाई वाईफाई सेट वितरण

दिपायल– दिपायल सिलगढी नगरपालिकाका २७ वटा आधारभुत विद्यालयहरुलाई वाईफाई सेट वितरण गरिएको छ । शुक्रबार नगर प्रमुख विजय खड्काले विद्यालयका शिक्षकलाई वाईफाई सेट वितरण गरेका हुन् ।

नगर प्रमुख खड्का, कांग्रेस पार्टी सभापति नरेन्द्र बहादुर सिंह र युवा नेता रोशन कठायको पहलमा वाईफाई सेट उपलब्ध भएको हो । नेपाली कांग्रेसका प्रदेश सदस्य पदम बहादुर शाहीको सहयोगमा उपलब्ध उक्त वाईफाई सेट इण्टरनेटको पहुँचबाट टाढा रहेका आधारभुत विद्यालयलाई हस्तान्तर गरिएको थियो ।

वाईफाइ जडान पछि इनटरनेट प्रभावकारी देखिएमा नगरका अन्य क्षेत्र र कार्यालयमा पनि जडान गरिने नगर प्रमुख खड्काले बताए ।

Related News

डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
  • २०७९ असार ३

सिलगढी – डोटी जेसीज बर्ष २०२६ को अध्यक्षमा डिल्लीराज जोशी...

TOP