दिपायल- शिखर नगरपालिकाको नवनिर्मत भवन उद्घाटन गरिएको छ । शुक्रबार नगर प्रमुख दीर्घ बलायरले एक कार्यक्रमका बीच भवनको उद्घाटन गर्नुभएको हो ।
भुकम्प प्रतिरोधी उक्त भवन एक करोड ८४ लाख लागतमा बनेको थियो । हिन्दु परम्परा अनुसार पुजापाठ सहित भवन उद्घाटन तथा गृह प्रवेश गरिएको थियो ।
सेवा ग्राहीको चाप बढेसँगै सेवा प्रवाहमा समस्या देखिए पछि तत्काल भवन उद्घाटन गरेर केही शखाहरु सो भवनमा सार्नु परेको नगर प्रमुख बलायरले बताए । भवनको दोस्रो तलाका लागि पनि टेण्डर भैसकेको बताउँदै उनले लगतै दोस्रो तलाको पनि काम अगाडी बढ्ने बताए ।
नवनिर्मत भवनमा केही प्रशासकीय शाखाहरु सारेसँगै सेवा प्रवाहमा सहजता हुने नगर उपप्रमुख सुनिता रावलले बताइन् ।
दिपायल – अपाङ्गका सवालमा काम गर्दै आइरहेको संस्था अपाङ्ग अधिकार...