२०८१ असार ३१, सोमबार
July 15, 2024, Monday

डोटीमा शिक्षक मृत अवस्थामा फेला


दिपायल– डोटीमा एक शिक्षक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–४ सातफरी न्वादेउ का २० वर्षीय शिक्षक भरत बिक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी स्थानीय सातफरी आधारभुत विद्यालयका शिक्षक हुन् ।

बिहीबार बिहान घर नजिकैको लुगा सिलाउने पसलमा शिक्षक बिकको शव फेला परेको चवराचौतारा प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक इश्वरी बमले जानकारी दिनुभयो ।

बुधबार राती विद्यालयमा पुस्तक पु¥याएर फर्किएका शिक्षक बिकलाई उहाँका बुवाले राती ११ ः ३० बजे घर भन्दा २० मिटर परको सडकमा घाइते अवस्थामा फेला पारेको परिवार स्रोतलाई उदृत गर्दै प्रहरी नायव निरीक्षक बमले जानकारी दिनुभयो । घाइते अवस्थामा भेटिएका उनलाई उनका बुवा र श्रीमतीले सुत्ने कोठामा पु¥याएका थिए ।

प्रहरीका अनुसार मृतकको कम्मरमा चोटपटक लागे देखिन्छ । प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

Related News

रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
  • २०७९ जेष्ठ २६

दिपायल-  रेडियो नेपाललले बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण गर्न...

TOP