दिपायल – डोटीमा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । शुक्रबार बिहान जिल्लाको सायल गाउँपालिका – १ तेलपारामा सु.प. प्र. ०१००१ ज १३३४ नम्बरको जिप दुर्घटना भएको हो ।
घाइते मध्य २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टले जानकारी दिनु भयो । गम्भीर घाइते दुई जनालाई उपचारका लागि दिपायल स्थित शैलेश्वरी अस्पतालमा ल्याइएको छ भने अन्य घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
जीप चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिनुभयो ।
कैलाली- सुदूरपश्चिम प्रदेशसभा बैठक लगातार तेस्रोपटक स्थगित गरिएको छ ।...