२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

अछाम- अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।सोही दुर्घटनामा परेर २३ जना घाइते भएका छन्।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही नगरपालिका वडा नम्बर १ का अमरनाथ धमला र पञ्चदेवल विनायक नगरपालिका–४ का ३५ वर्षीय तारा धमालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिए।

हाइड्रोलिक लिक भएर ट्याक्टर पल्टीएको बताईएको छ ।  घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको र अन्य सामान्य घाइते रहेका छन्। घाइतेमध्ये एक जनालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७९ जेष्ठ ११

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP