२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

पराजित उमेदवारद्वारा विजयी भएका अध्यक्षलाई चुनावी प्रतिवद्धतापत्र हस्तान्तरण, भेटेरै बधाई

दिपायल– वडाध्यक्षमा पराजित डोटीका उमेदवारले विजयी वडाध्यक्षलाई आफ्नो चुनावी प्रतिवद्धता हस्तान्तरण गर्दै बधाई दिनुभएको छ । जिल्लाको जोरायल गाउँपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका तर्फबाट उमेदवार बनेका जितेन्द्र बोहराले विजयी उमेदवारलाई भेटेर प्रतिवद्धता हस्तान्तरण गर्दै बधाई दिनुभएका हो ।

विद्यार्थी राजनीतिमा सक्रिय बोहरा उमेदवार बनेपछि आफ्नै प्रतिवद्धता बनाएर प्रतिस्पर्धामा उत्रिनु भएको थियो । प्रतिवद्धता पत्रमा वडाका आवश्यकताहरू समेटेर पाँच वर्षीय योजनाहरू राखिएको उहाँले बताउनु भयो ।

उमेदवार बोहरा नेकपा एमालेका उमेदवार नन्दराज भट्टसँग पराजित हुनुभएको हो । भट्टले एक हजार ४१ मत ल्याएर विजयी हुँदा बोहराले ८ सय चार मत प्राप्त गर्नुभएको थियो ।

पराजित भएपछि उम्मेदवार बोहराले विजयी उम्मेदवार भट्टलाई भेटेर बधाइसँगै प्रतिवद्धतापत्रमासमेटिएका योजना र लक्ष्यहरूको कार्यान्वयनमा जोड दिन आग्रह गर्नुभयो । ‘मैले उहाँलाई बधाई दिएर सँगै आफ्नो प्रतिवद्धतापत्र पनि हस्तान्तरण गरको छु,’ उहाँले भन्नुभयो,‘विजयी वडाध्यक्षलाई भेटेर वडाको विकासमा आफू पनि हातेमालो गरेर अगाडि बढ्न तयार रहेको कुरा जानकारी दिएको छु ।’

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७९ जेष्ठ २

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP