२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

मोदीको भ्रमणमा पश्चिम सेती जलविद्युत् आयोजनाबारे सम्झौता हुनसक्ने

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीका दिन जेठ २ गते भारतका प्रधानमन्त्री नेपाल आउने जानकारी दिएका छन् ।

डडेल्धुरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले लुम्बिनीमा हुने कार्यक्रममा भारतका प्रधानमन्त्री मोदीसँग आफ्नो भेटवार्ता हुने पनि बताए ।

त्यस क्रममा सुदूरपश्चिम क्षेत्रका लागि महत्त्वको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा भारतीय कम्पनीसँग सम्झौताबारे निर्णय हुनसक्ने बताए ।

चीनले बनाएका जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली भारतले खरिद नगर्ने नीति लिएको बताउँदै उनले भारतीय लगानीबाट बनेका भने खरिद गर्ने हुँदा पश्चिम सेतीबारे दुईवटा भारतीय कम्पनी सतलज र आईबीएचएमसँग कुराकानी भएको उल्लेख गरे । पश्चिम सेतीसँगै महाकालीको पञ्चेश्वर परियोजनासमेत बनाउने उनले बताए ।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०७९ बैशाख २८

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP