२०८२ बैशाख ६, शनिबार
April 19, 2025, Saturday

प्रधानमन्त्री देउवा कैलाली हुँदै गृह जिल्ला डडेल्धुरा आउने

दिपायल- नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज(आइतबार) कैलालीको धनगढी पुगेका छन् । सोमबार प्रधानमन्त्री देउवाले धनगढीमा आयोजना हुन लागेको वृहत चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सुदूरपश्चिम कांग्रेसले जनाएको छ ।

कैलाली र गृह जिल्ला डडेल्धुरामा एक दिन अगाडि नै उनी बास बस्ने गरि आउन लागेको नेपाली काँग्रेसका नेताहरुले बताएका छन् । देउवा आज धनगढीस्थित आफ्नै निवासमा बस्ने र भोलीको कार्यक्रम सम्बोधन गरेर डडेल्धुरा आउने तालिका तय भएको छ ।

Related News

नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
  • २०७९ बैशाख २५

दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...

TOP