२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025, Friday

वडाध्यक्षका उमेदवार कांग्रेसमा प्रवेश


डोटी – डोटीमा वडाध्यक्षका उमेदवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा ( माओवादी केन्द्र ) बाट वडाध्यक्षमा उमेदवारी दिएर चुनाव प्रचार प्रसार समेत गरिसकेका उमेदवार कांग्रेसमा प्रवेश गरेका हुन् ।

शिखर नगरपालिका – ११ का उमेदवार शेर बहादुर बलायर बुधबार कांग्रेसमा प्रवेश गरेका हुन् । उनलाई नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीर बहादुर बलायरले टिका लगाएर स्वागत गरेका थिए ।

बलायर माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष समेत हुन् । माओवादीले सत्ता, सरकार, व्यवस्था, संविधानको विगत देखिनै गलत प्रयोग गर्दै आएको र अहिले निर्वाचनमा झुटा आश्वासन बाँडेर भोट माग्न थालेपछि आफूले पार्टी छोडेको उनले बताए । पार्टी प्रवेश गर्दै उनले शिखरका हरेक वडाहरूमा नेपाली कांग्रेसको जीत सुनिश्चित भएको बताउँदै अन्य कम्युनिष्टहरुलाई समेत कांग्रेसमा मतदान गर्न आग्रह गरे ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७९ बैशाख २१

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP