डोटी – डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको शिखर नगरपालिका १ भागेश्वर नजिक से १ त ९२६४ नम्बरको ट्र्याक्टर दुर्घटना भएको प्रहरीले बताएको छ।
दुर्घटनामा ट्र्याक्टर चालक कैलालीको धनगढी उपमहानगरपालिका १ का ३६ वर्षीय प्रेम कुमार कठरीयाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। त्यस्तै, ट्र्याक्टरमा सवार शिखर २ की २२ वर्षीया कलावती बोगटी घाइते भएकी र उनको सुजङ्ग अस्पताल राजपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...