२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

दार्चुलामा एमालेको प्रचारमा प्रयोग गरिएको जीप दुर्घटना

धनगढी – दार्चुलामा एमालेको प्रचारमा प्रयोग गरिएको जीप दुर्घटना भएको छ। शनिबार राति जिल्लाको मालिकार्जुन गाउँपालिका-१ मेलखेतमा म१ज २३९ नम्बरको जीप दुर्घटना भएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार एमालेको प्रचार प्रसारमा प्रयोग गरिएको उक्त जीप सडकबाट २५ मिटर तल खसेको थियो। दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। जीप मालिकार्जुन-७ का वडाध्यक्ष लोकेन्द्रसिंह धामीको रहेको प्रहरीले बताएको छ।

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०७९ बैशाख १८

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP