काठमाडौं – निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका घटनालाई नोटिसमा राखेको भन्दै आचारसंहिता उल्लंघन भए कारवाही गरिने बताएको छ ।
बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आचारसंहिता उल्लङ्घनबारे बाहिर आएका विषयलाई आयोगले नोटिसमा राखेको बताएका हुन् ।
‘तिनलाई आयोगले नोटिस गरिरहेको छ । जसमध्ये कतिपयलाई आयोगले पत्राचार गरिसकेको छ भने कतिपयको अध्ययन भइरहेको छ’, पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले भने,‘त्यसका आधारमा उहाँहरूसँग बुझ्ने, स्पष्टता खोज्ने र त्यसपछि आवश्यक कारवाही आयोगले गर्छ ।’ साथै निर्वाचन आयोगले आयोगमा दर्ता भएका दल मात्रै चिन्ने भन्दै सोही दलका उम्मेदवार रेकर्डमा रहने बताए । #निर्वाचन
दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...