अपडेट
काठमाडौं- शुक्रबार (भोलि) र शनिबार उपत्यकाबाट बाहिर जान खुला गर्ने निर्णयबाट सरकार पछि हटेको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समितिले बिहीबार दिउँसो शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर जान दिने तर भित्र छिर्न नदिने निर्णय गरेकोमा डेढ घन्टामै उक्त निर्णय उल्टिएको हो ।
बाहिर जान चाहनेहरुलाई कसरी पठाउने भन्ने व्यवस्थापनको जिम्मा गृह मन्त्रालयलाई दिइएकोमा गृहले हालका लागि सम्भव नहुने राय दिएपछि निर्णय उल्टिएको बुझिएको छ ।
प्रदेश सरकारहरुलेसमेत केन्द्र सरकारको निर्णयप्रति असहमति जनाएका थिए ।
‘बाहिर जान खुला गर्ने निर्णय गरिएको छैन’
उच्चस्तरीय समितिका संयोजक रक्षामन्त्री पोखरेलले बिहीबारै अपराह्न विज्ञप्ति जारी गर्दै चैत २८ र २९ गते काठमाडौंबाट बाहिर जान खुला गर्ने निर्णय नगरिएको स्पस्ट पारेका छन् ।
विज्ञप्तिमा भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै त्यस्तो कुनै निर्णय नभएको, लकडाउन जारी रहेका र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनमा समेत लकडाउनको आवश्यकतालाई गम्भीररूपमा उठाइएकाले भ्रममा नपर्न आग्रह गरिएको छ ।
स्थानीय तहहरुले बाहिरबाट जाने मानिसहरुलाई प्रवेशमा रोक लगाएको बेला सरकारले गरेको निर्णयको सबैतिर आलोचना भएको थियो ।
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५...