२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026, Sunday

सुर्नया गाउँपालिकाका न्यायिक शाखा प्रमुखमाथि हातपात

बैतडी- बैतडीको सुर्नया गाउँपालिका–४ मा न्यायिक शाखा प्रमुख रामबहादुर महरामाथि हातपात भएको छ। गतको शुक्रबार वडामा गरिएको तालाबन्दी खोलाउने विषयमा सोमबार छलफल गर्दा न्यायिक शाखा प्रमुख महरामाथि हातपात गरिएको गाउँपालिकाले जनाएको छ।  

छलफल भइरहेका बेला तालाबन्दी गर्ने पक्षले महरामाथि हातपात गरेको गाउँपालिकाले विज्ञप्तिमार्फत जनाकारी दिएको छ। जनप्रतिनिधिहरुलाई समेत तालाबन्दी गर्ने पक्षले गालीगलौज गरेको गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि फारम भर्ने बेला वडा कार्यालयका कर्मचारीहरुले पूर्वाग्रहपूर्ण व्यवहार गरेको भन्दै स्थानीयहरुले १४ बुँदे मागसहित वडा कार्यालयमा तालाबन्दी गरेका थिए।  

Related News

डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
  • २०७८ चैत्र १

सिलगढी – डोटी जेसीज बर्ष २०२६ को अध्यक्षमा डिल्लीराज जोशी...

TOP