२०८१ असार ३१, सोमबार
July 15, 2024, Monday

पशु सुत्केरी भत्ता वितरण

कोहलपुर नगरपालिकाले सुरुआत गरेको पशु बीमा तथा सुत्केरी भत्ता वितरण कार्यक्रमले किसान लाभान्वित भएका छन् । पशु बीमा कार्यक्रमअन्तर्गत किसानले बेहोर्ने पशु बीमा प्रिमियमको ५० प्रतिशत अनुदान र पशु सुत्केरी भत्ता रकम वितरण सुरु गरिएको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो । उहाँले किसानलाई कृषि क्रान्ति गर्नका नगरपालिकाले लागि सहज र सरल किसानमैत्री वातावरण तयार गरिदिएको बताउनुभयो ।

सुत्केरी भत्ता तेस्रो चरणको र बीमा पहिलो र दोस्रो चरणको रकम भुक्तानी दिएको नगर पशु सेवा शाखाका प्रमुख गोेविन्द रोकायले बताउनुभयो । उहाँका अनुसार, बीमा पशु बीमा कार्यक्रममा १३६ कृषक लाभान्वित भएका छन् जसमा ३५५ पशु सङ्ख्यामध्ये गाई ८४, भैँसी १७२, बाख्रा ७९ रहेका छन् । किसानलाई रु दुई लाख ३४ हजार २७१ वितरण गरिएको छ ।

पशु सुत्केरी भत्ता ११७ कृषकलाई वितरण गरिएको छ । जम्मा १८३ मध्ये गाई ८५ र भैँसी ९८ रहेका छन् । किसानलाई पशु सुत्केरी भत्ताको रु तीन लाख ६६ हजार वितरण गरेको पशु सेवा शाखा प्रमुख रोकायले बताउनुभयो ।

Related News

रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
  • २०७८ फाल्गुन ३०

दिपायल-  रेडियो नेपाललले बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण गर्न...

TOP