२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025, Friday

सुदूरपश्चिमका ५३ स्थानीय तहले बुझाएनन् रित्त दरवन्दी विवरण

कैलाली- सुदूरपश्चिमका ५३ स्थानीय तहले अझै रिक्त दरबन्दीको विवरण बुझाएका छैनन् । प्रदेश लोक सेवा आयोगले सुदूरपश्चिमका ८८ वटै स्थानीय तहसँग रिक्त दरबन्दीको विवरण माग गरेपनि ५१ स्थानीय तहले नबुझाएका हुन् ।

सुदूरपश्चिमका अधिकांश स्थानीय तहले रिक्त दरबन्दीको विवरण नपठाएको सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगका सूचना अधिकारी माया जोशीले बताइन् । ‘२५ दिन अगाडी रिक्त दरबन्दीको विवरण माग गरेका थियौं, बिहीबारसम्मको तथ्यांक अनुसार ५३ स्थानीय तहलले मात्रै विवरण पठाएको छ,’ उनले भनिन्, ‘विवरण नपठाउने स्थानीय तहलाई ताकेता समेत गरेका छौं ।’

विवरण नबुझाउनेमा कैलालीको गोदावरी, गौरीगंगा र घोडाघोडीबाहेक धनगढी उपमहानगरपालिकासहित १० स्थानीय तहले रिक्त दरबन्दीको विवरण बुझाएका छैनन् । यसैगरी, कञ्चनपुरका ९ स्थानीय तहमध्ये कृष्णपुर नगरपालिका, शुक्लाफाँटा, भीमदत्त, वेदकोट नगरपालिका, लालझाडी र बेलडाँडी गाउँपालिकाले पनि रिक्त दरबन्दीको विवरण उपलब्ध गराएको छैन् ।

यस्तै बैतडीको पुर्चौडी नगरपालिका, दार्चुलाको व्यास, दुहुँ, नौगाड गाउँपालिका र महाकाली नगरपालिका, अछामको रामारोशन गाउँपालिका, बझाङको साइपाल, तलकोट, थलारा गाउँपालिका र बुंगल नगरपालिका, डडेल्धुराको आलिताल र गन्यापधुरा गाउँपालिकाले रिक्त दरबन्दीको विवरण नबुझाएको प्रदेश लोक सेवा अयोगले जनाएको छ ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७८ फाल्गुन २९

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP