२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

राजपुर बजारमा सरसफाई

डोटी– साविकको क्षेत्रीय सदरमुकाम राजपुर बजार सरसफाई गरिएको छ । डोटी उद्योग बाणिज्य संघको आयोजनामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरीको समन्वयमा बजार सरसफाई गरिएको हो ।

“खप्तडको मुख्य प्रवेशद्वार, सफा र सुन्दर हाम्रो बजार” नारा सहित बजार सरसफाई गरिएको हो । जिल्लाका बजार क्षेत्र, धार्मिक, पर्यटकीय स्थल, सार्वजनिक स्थलमा मासिकरुपमा सरसफाई गर्ने अभियानको थालनी गरिएको छ । त्यसै कार्यक्रमलाई निरन्तरता दिँदै सरसफाई गरिएको सशस्त्र प्रहरी नेपाल ३६ नम्बर हेड क्वाटर डोटीका प्रहरी उपरीक्षक हर्कबहादुर बिस्टले बताए ।

आफ्नो आँगन, बजार र समग्र जिल्ला सफा राखौं भन्ने शन्देश प्रवाह गर्नका लागि सरसफाई कार्यक्रमको आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष मोहन कलेलले बताए ।

यस अघि पिपल्ला बजार, बसुधारा क्षेत्र लगाएतका ठाउँहरूमा सरसफाई गरिएको थियो । सरसफाई कार्यक्रमलाई यसैगरी निरन्तरता दिईने आयोजकले जनाएको छ ।

Related News

प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
  • २०७८ फाल्गुन २७

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल...

TOP