डोटी– बागेश्वरी असल शासन क्लब (बास) डोटी शाखाले सार्वजनिक सेवा प्रवाहमा सुशासन ल्याउन जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझेको छ । बासले डोटीका प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टलाई ११ बुदे ज्ञापन पत्र बुझाएकाे हो।
असल शासन स्थापनाका लागि विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बासले बुधबार डोटीका प्रजिअ बिष्टलाई डोटी शाखाका अध्यक्ष गणेश मौनीले ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा सुचनाको हक सम्वन्धी ऐन, २०६४ मा भएको ब्यवस्था अनुसार सार्वजनिक निकायले अनिवार्य सूचना अधिकारी तोक्ने र आवश्यक सुचना प्रबाह गर्ने, सुचनाको हक बमोजिम प्रक्रिया पुर्याएर सुचना माग गर्ने नागरिकलाई सहज रुपमा सूचना उपलब्ध गराउनु पर्ने, सार्वजनिक निकायले ३÷३ महिनामा आफ्नो निकायसँग सम्बन्धित विवरण स्वस्फूर्त रुपमा सार्वजनिक गर्नुपर्ने, नियमित रुपमा नागरिकहरुको गुनासो सुनुवाई गर्नुपर्ने, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ अनुसार सार्वजनिक निकायले चौमासिक रुपमा सार्वजनिक सुनुवाई गर्नुपर्ने, बिना झण्झट आबश्यक सुचना र सेवा सर्बसाधारणलाई छिटो, छरितो तवरले उपलब्ध गराउनुपर्ने, सरकारी सवारी साधनहरुको दुरुपयोगमा नियन्त्रण गर्नुपर्ने, असल कार्य गर्ने कर्मचारीलाई पुरस्कृत र गलत कार्य गर्ने कर्मचारीलाई दण्डित गर्नुपर्ने, सुचनाको हक सम्बन्धिको ऐन र सुशासन ऐन अक्षरशः पालना गर्नुपर्ने, स्थानीय तह तथा सबै कार्यालयहरुमा नागरिक बडापत्र र गुनासो पेटिकाको व्यवस्था गर्नुपर्ने लगाएतका बुदाहरु उल्लेख गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी बिष्टले ज्ञापन पत्र बुझ्दै ज्ञापन पत्रमा उल्लेख गरिएका सवालहरु नागरिकले प्राप्त गर्ने सेवा संग सम्बन्धीत भएकोले यसको पूर्ण कार्यान्वयन गर्ने बताए ।
प्रजिअ बिष्टले ज्ञापन पत्रमा भएका कुराहरु केही कार्यान्वयन भईरहेका छन् बाकी सवालहरुको बारेमा प्रत्येक महिनाको पाच गते कार्यालय प्रमुख र सुचनाअधिकारीको बैठमा पनी बृहत रुपमा छलफल गरी परिपत्र गर्ने समेत प्रतिबद्धता जनाएका छन् ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा बास डोटी शाखाका १५ भन्दा बढी युवाहरु पत्रकार, नागरिक समाजको समेत उपस्थिती रहेको थियो ।
दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...